nmb bank

गृहपृष्ठ शहरी विकासमन्त्री गुरूङद्वारा मन्त्री निवास भवन निर्माण यथासक्य पूरा गर्न निर्देशन

शहरी विकासमन्त्री गुरूङद्वारा मन्त्री निवास भवन निर्माण यथासक्य पूरा गर्न निर्देशन

शहरी विकासमन्त्री गुरूङद्वारा मन्त्री निवास भवन निर्माण यथासक्य पूरा गर्न निर्देशन

ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथासक्य पूरा गर्न शहरी विकासमन्त्री सीता गुरूङले निर्देशन दिएकी छन् । आज आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरूङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथासक्य पूरा गर्न निर्देशन दिएकी हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास निर्माण गर्न सरकारले ०७६ कात्तिकमा ठेक्का लगाएको थियो । तर कोभिड–१९ र अन्य कारणले समयमा काम हुन सकेन । त्यसयता भवन निर्माणकालागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदैछ ।

मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेकी छन् । ‘बेलामा काम सक्यो भने तपाईहरूलाई पनि ढुक्क हुन्छ । सरकारको पनि एउटा योजना पूरा हुन्छ । बरू कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भएपनि काम गर्नुस्, तर सम्झौताबमोजिम यथासक्य काम सम्पन्न गर्नुहोस्,’मन्त्री गुरूङले भनिन् ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणमा हालसम्म ९० प्रतिशत काम पूरा भएको छ । कार्यालयका उपनिर्देशक दिपक श्रेष्ठले आगामी असार मसान्तभित्र निर्माणका काम पूरा भइसक्ने जानकारी दिएका छन् । मन्त्री गुरूङसहित शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण डिभिजनका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ लगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरेका थिए ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु