global ime bank Long Banner Ad

गृहपृष्ठ भारतसँँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्री दाहाल

भारतसँँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्री दाहाल

भारतसँँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराएका छन् ।आज बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा उनले आफ्नो आसन्न भारत भ्रमणमा पनि कुनै पनि देश हितविपरीतका कार्य नहुने विश्वास दिलाए ।

सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको भन्दै उनले आफ्नो एक इन्च पनि नछाड्ने र अरुको एक इन्च पनि भूमि नलिने नीतिअनुसार नै भारत भ्रमणमा छलफल हुने जानकारी दिए । प्रबुद्ध समूहको प्रतिवेदन बुझ्ने र बुझाउने विषयमा पनि भारत भ्रमणमा छलफल हुने उनले बताए ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु