गृहपृष्ठ रेशमलाई जेठ १५ वा असोज ३ मा माफी दिलाउने विषयमा सत्ता गठबन्धनमा छलफल
रेशमलाई जेठ १५ वा असोज ३ मा माफी दिलाउने विषयमा सत्ता गठबन्धनमा छलफल
डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई आम माफी दिन प्रक्रिया अघि बढाउने विषयमा सत्तारुढ दलबीच छलफल भएको छ । मंगलबार सर्वोच्च अदालतले रेशमलाई जन्मकैदको फैसला गर्ने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो ।
बुधबार बालुवाटारमा सरकारमा रहेका दलका शीर्ष नेताको बैठक बसेको थियो ।बैठकमा रेशमलाई कैदमुक्त गर्ने उपायबारे छलफल भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी थिए ।
सर्वोच्चले जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेपछि रेशमलाई कसरी कैदमुक्त गर्न सकिन्छ भन्नेबारे सो बैठकमा छलफल भएको हो ।
प्रकाशित समय : ०७:३४ बजे


















