global ime bank Long Banner Ad

गृहपृष्ठ इजरायली सेनाद्वारा गाजा क्षेत्रमा हवाई आक्रमणः १२ जनाको मृत्यु

इजरायली सेनाद्वारा गाजा क्षेत्रमा हवाई आक्रमणः १२ जनाको मृत्यु

इजरायली सेनाद्वारा गाजा क्षेत्रमा हवाई आक्रमणः १२ जनाको मृत्यु {"caption":"u0924u0938u094du092cu093fu0930 : u090fu091cu0947u0928u094du0938u0940","photographer":"","alt_text":""}

 इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा १२ जना मारिएको पुष्टी गरेको हो । इजरायली सेनाले प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका सदस्यहरूलाई लक्षित गर्दै गाजा पट्टीमा आज हवाई आक्रमण गरेको हो ।

मारिनेमध्ये केही इस्लामिक जिहाद आन्दोलनका नेता रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । तर मृत्यु हुनेमा अधिकांश आम नागरिक नै रहेको अलजजिराको समाचारमा उल्लेख छ ।प्यालेस्टाइनी इस्लामिक जिहाद आन्दोलनले भने हवाई आक्रमणमा आफ्ना तीन नेता मारिएको जनाएको छ ।

प्रकाशित समय : १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु