global ime bank Long Banner Ad

गृहपृष्ठ संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

आज पनि संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक बिहान साढे १० बजे तथा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ ।सोमबारबाट सुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

बुधबार भने सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि १५ जेठमा बजेट प्रस्तुत हुनेछ ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु