global ime bank Long Banner Ad

गृहपृष्ठ हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता, उद्धारमा समस्या

हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता, उद्धारमा समस्या

हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता, उद्धारमा समस्या

हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।

अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा परेको बोहोराको भनाई छ । उनका अनुसार उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका-२ च्यार्खु भन्ने लेकमा आज बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।

उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएको जानकारी दिए । उनीहरु बेपत्ता भएको भनेरमात्र खवर आयो यसको एकिन जानकारी आउन बाँकि रहेको बताए । बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार लाई जानकारी गराएको उनको भनाइ छ । सबै क्षेत्र बाट उद्धाको लागि पहल भइरहेको र भौगोलिक अवस्थाले पनि उद्धारमा समस्या देखिने बताइएको छ ।

प्रकाशित समय : ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु