गृहपृष्ठ दाङमा १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
दाङमा १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
दाङमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । १४ वर्षीया बालिकाले आफूमाथि बलात्कार भएको भन्दै गत वैशाख २ गते प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा ३७ वर्षिय बाबुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
पीडितकी आमा विदेशमा छन्। घरमा कोही नभएको बेला बाबुले आफूलाई पटक–पटक बलात्कार गरेको छोरीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छिन् । पछिल्लो पटक गत चैत्र ३० गते बाबुले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
आफ्नो दाजु कामको शिलसिलामा घर बाहिर रहेको र सो दिन हजुरबुबा हजुरआमा पशुचौपाय चराउन गएको बेला बाबुले बलात्कार गरेको उनले बताएकी छिन् ।
यो घटनापछि पीडित आफन्तकोमा बसेकी छिन्।
पक्राउ परेका बाबुमाथि हाडनाता करणीको मुद्दामा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका डिएसपी पुष्पराज मल्लले बताएका छन् ।
प्रकाशित समय : ०७:०२ बजे



















