global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिन सन्देश दिएको छ –शेखर कोइराला

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिन सन्देश दिएको छ –शेखर कोइराला

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिन सन्देश दिएको छ –शेखर कोइराला

 हालै भएको प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले नेपाली कांग्रेसलाई सच्चिन सन्देश दिएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धारणा व्यक्त गरेका छन् ।

विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको सन्देश दिएको बताएका छन् ।

नेता कोइरालाले विगतको र अहिलेको उपनिर्वाचनको समीक्षा हुनुपर्ने बताउँदै नेपाली कांग्रेसले युवाको भावनाअनुसार काम नगरे ठूलो मुल्य चुकाउने पर्ने विचार व्यक्त गरेका छन् ।

जनताले दिएको म्याण्डेट स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताउँदै मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा पुगेकाले यसलाई सुधार गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु