गृहपृष्ठ नेपाल लाइफले ल्यायो क्यासब्याक अफर

नेपाल लाइफले ल्यायो क्यासब्याक अफर

नेपाल लाइफले ल्यायो क्यासब्याक अफर

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत वैशाख महिनाभर बिमा शुल्कको नविकरण ई-सेवामार्फत भुक्तानी गर्ने ग्राहकले पाँच प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सूचना प्रविधिको विकास क्रमसँग ग्राहक तथा अभिकर्ताहरूलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर सञ्चालनमा ल्याइएको बताइएको छ । नेपाल लाइफले बिमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरू ई-सेवा, खल्ती, फोन पे, कनेक्ट आइपीएस, आइएमई-पे र प्रभु-पेसँग सम्झौता गरेको छ ।

घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बताए ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु