गृहपृष्ठ उपनिर्वाचन युवामय भएको छ,यो खुसीको कुरा हो–अध्यक्ष ओली

उपनिर्वाचन युवामय भएको छ,यो खुसीको कुरा हो–अध्यक्ष ओली

उपनिर्वाचन युवामय भएको छ,यो खुसीको कुरा हो–अध्यक्ष ओली

आगामी बैशाख १० मा हुँने उपनिर्वाचन युवामय भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका हुन ।

स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न अध्यक्ष ओलीले आग्रह गरेका छन् ।उनले समाजिक सञ्जालमा लेखेका छन्, वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ।

आफूले गत चुनावमा पनि कांग्रेसको सभापतिलाई एजेण्डामा आधारित बहसका लागि आग्रह गरेको भन्दै उनले त्यतिबेला सफल नभएको र अबको राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बहस गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ ओलीले लेखेका छन् । ‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन,’ उनले भने, ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्छ।’

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु