गृहपृष्ठ सुनको मूल्यमा एकैदिन १२ सय रुपैयाँकाे वृद्धि
सुनको मूल्यमा एकैदिन १२ सय रुपैयाँकाे वृद्धि
नेपाली बजारमा सुनचाँदीको मूल्य पुन: बढेको छ । सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि २५ रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित समय : १२:२३ बजे


















