गृहपृष्ठ शुक्रबारदेखि टाटा मोटर्स शोरूममा ‘ह्याप्पिनेस विक-एण्ड एक्सचेन्ज’ क्याम्प
शुक्रबारदेखि टाटा मोटर्स शोरूममा ‘ह्याप्पिनेस विक-एण्ड एक्सचेन्ज’ क्याम्प
काठमाडौं स्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा शुक्रबारदेखि तीनिदने ‘ह्याप्पीनेस विक-एण्ड’ विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुने भएको छ ।
शुक्रबार, शनिबार र आइतबार गरी यस हप्ता विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गरिएको हो । टाटा मोटर्सको शोरुममा ग्राहकले ह्याप्पिनेस मेनुको बारेमा जानकारी लिई उक्त मेनुमा भएका अफरहरुको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी वा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुम मा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ता हरुको पनि सहभागिता हुनेछ ।
टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ ।
चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा नि:शुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ ।
प्रकाशित समय : १९:५४ बजे



















