जसपाले गर्यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस
वि.सं.२०७९ चैत २ बिहीवार १४:५४
shares

जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । पार्टीबाट आयोगमा बुझाइएको बन्दसूचीको मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीकै नाम छ । उनी सप्तरी निवासी हुन् ।
यसअघि समानुपातिक सांसद सहनाज रहमानको निधन भएपछि सो पद रिक्त छ ।
























