global ime bank Long Banner Ad

गृहपृष्ठ सुजुकीको ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

सुजुकीको ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

सुजुकीको ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

सुजुकीको ग्रान्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक भएको छ । नेपालका लागि सुजुकी ब्रान्डको चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी मोटोकर्पले दुई नयाँ एसयूभी ‘द ग्रान्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको हो ।

‘द ग्रान्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्रान्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्ड फेयूचरिज्म डिजाइन ल्याङ्वेज’को प्रयोग गरिएको छ, जसले अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको कम्पनीले जनाएको छ ।

सुजुकीको लेजेन्डरी अल-ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ-रोड क्षमता बढाउँछ । साथै, यो सेग्मेन्टको एसयूभीमा नभएका थुप्रै नयाँ फिचरहरू पनि पाउन सकिने कम्पनीको दाबी छ । ग्रान्ड भिटारामा भारतीय बजारमै पहिलोपटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेसनको आराम र सुविधाजनक फिचरहरू पाउन सकिने कम्पनीको दाबी छ । यस स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फर्मेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने कम्पनीको विश्वास छ ।

नेपालको फरकफरक ड्राइभिङ कन्डिसनका कारण नेपाली बजारमा एसयूभीको माग उच्च रहेका सीजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीले बताए ।

‘ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्छन् । सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेन्टमा गेम चेन्जर हुनेछ,’ उनले भने ।

यस्तो छ न्यु ग्रान्ड भिटारा

दुई फरक इन्जिनका विकल्पहरूमा उपलब्ध ग्रान्ड भिटाराको १.५ लि. इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिनमा दोहोरो पावर प्रणाली (विद्युतीय मोटर र पेट्रोल इन्जिन) मा उपलब्ध छ । यसमा आफैँ चार्ज हुने र इन्जिन रिजेनेरेसन प्रविधियुक्त पावरफुल इलेक्ट्रिक हाइब्रिड इन्जिन जडान गरिएको छ । फरक बाटोका लागि फरकफरक ड्राइभ मोडहरू (ईभी, इको, पावर र नर्मल)हरू छन् । यसले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रणालीयुक्त नेक्स्ट–जेन के–सिरिज, १.५ लि. डुअल जेट डुअल भीभीटी इन्जिन मोडलमा ब्रेक इनर्जी रि–जेनेरेसन र टर्क असिस्ट छ । यसमा आइडल स्टार्ट स्टप छ भने २१.११ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

यो गाडीमा रंगीन हेड्स अप डिस्प्ले, ३६० डिग्री क्यामेरा र पार्किङ सेन्सर २२.८६ सेन्टिमिटर स्मार्ट प्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम छ । त्यस्तै, यसमा वायरलेस चार्जर पनि समावेश छ । यो गाडीमा प्यानारोमिक सनरुफ, पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर चालक र सहचालकलाई भेन्टिलेटेड सिट दिइएको छ ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र चारवटै चक्कामा डिक्सब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम रहेका छन् ।

यस्तो छ न्यु ब्रेजा

यसमा प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट-जेन के-सिरिज, १.५ लि. डुअल जेट डुअल भीभीटी इन्जिन जडान गरिएको छ । यसले प्रतिलिटर २०.१५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

स्पोर्टी अनुभवका लागि यसमा डुअल टोन कालो र ब्राउन इन्टेरियर दिइएको छ । यसमो इन्स्ट्रुमेन्टल प्यानलमा सिल्भर फिनिस दिइएको छ । गुणस्तर र प्रिमियम ड्यासबोर्ड डिजाइन र फरक ड्राइभिङ अनुभवका लागि इन्टेरियर एमबिएन्ट लाइट जडान गरिएको छ ।

त्यसैगरी, यसमा फराकिलो इन्स्ट्रुमेन्टल प्यानल र रंगीन मल्टी इन्फरमेसन डिस्प्ले छ । त्यस्तै, यसको फराकिलो पछाडिको सिटले लामो दूरीको यात्रालाई आरामदायी बनाउने कम्पनीले जनाएको छ । न्यु ब्रेजामा रंगीन हेड्स अप डिस्प्ले, ३६० डिग्री क्यामेरा र पार्किङ सेन्सर, २२.८६ सेमी स्मार्ट प्ले प्रो+इन्फोटेनमेन्ट सिस्टम र वायरलेस चार्जर दिइएको छ ।

सुरक्षाका लागि यसमा छवटा एयरब्याग, सबै भेरियन्टमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र हिलहोल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, हाई-स्पिड अलर्ट सिस्टम, आईएसओ फिक्स चाइल्ड सिट रिस्ट्रेन्ट सिस्टम आदि फिचर्स दिइएको छ ।

मूल्यसूची :

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु