काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

7.81K
shares

उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा दिउँसो ३ बजे बैठक बस्ने जसपाले जनाएको छ ।

सत्ता गठबन्धनमा भागबण्डा गर्दा राष्ट्रपतिमा नेपाली कांग्रेसले र उपराष्ट्रपतिमा जसपाले उम्मेदवारी दिने सहमति भएको थियो । राष्ट्रपति पदको निर्वाचन आज र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।