गृहपृष्ठ राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय
राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति चुनावमा तटस्थ बस्ने भएको छ । बुधबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले चुनावमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपामा राष्ट्रपति चुनावलाई लिएर विवाद भएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देन समूह चुनावमा भाग लिनुपर्ने पक्षमा थियो भने पशुपतिशमशेर राणा लगायतका नेताहरू विपक्षमा थिए ।
प्रकाशित समय : १८:२९ बजे




















