global ime bank Long Banner Ad

गृहपृष्ठ कुवेतमाथि नेपालको २४३ रनको सानदार जित

कुवेतमाथि नेपालको २४३ रनको सानदार जित

कुवेतमाथि नेपालको २४३ रनको सानदार जित

अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ ।

युएईको मलेक क्रिकेट ग्राउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भएको हो ।

कुवेतलाई १०० रनमा अल आउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका हुन् ।

६ विकेट लिने आकाश युएई जाने अघिल्लो दिन मात्र टिममा समावेश भएका थिए ।

प्रकाशित समय : ०७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु