global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सञ्चालन

सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सञ्चालन

सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सञ्चालन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको छ ।

फागुन १ गतेदेखि ९ गतेसम्म कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरिएको थियो । यसका साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरु बर्दिबास, मिर्चैया, गाईघाट, बिराटनगर, धरान, इनरुवा, बिराटचोक, बिर्तामोड लगायतका विभिन्न स्थानमा कम्पनीसँग आवद्ध अभिकर्ता एवं सम्पूर्ण कर्मचारिहरुको सहभागितामा उक्त तालिम सञ्चालन गरिएको थियो ।

कम्पनीको व्यवस्थापन समूहसमेतको उपस्थितिमा कम्पनीका सम्पूर्ण कर्मचारिहरुलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुरबहादुर भुजेलले प्रस्तुत गरेका थिए ।

उक्त तालिममा गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन्, रिपोर्टिङ कसरी गर्नेबारेमा विस्तृत जानकारी दिुइएको थियो ।

काठमाडौं उपत्यका बाहिरका स्थानहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नै गरेका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिनेसमेत बताए ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु