global ime bank Long Banner Ad

गृहपृष्ठ सांसद चौधरीको निलम्बन फुकुवा

सांसद चौधरीको निलम्बन फुकुवा

सांसद चौधरीको निलम्बन फुकुवा

नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए ।

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु