गृहपृष्ठ सिटिजन्स बैंकका ग्राहकलाई ओपीअम रेस्टुरेन्टमा विशेष छुट
सिटिजन्स बैंकका ग्राहकलाई ओपीअम रेस्टुरेन्टमा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित ओपीअम रेस्टुरेन्टबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओपीअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब १५ लाख २६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १३:१८ बजे



















