nmb bank

गृहपृष्ठ भक्तपुरका उत्कृष्ट पथप्रदर्शक पुरस्कृत

भक्तपुरका उत्कृष्ट पथप्रदर्शक पुरस्कृत

भक्तपुरका उत्कृष्ट पथप्रदर्शक पुरस्कृत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले काठमाडौँ उपत्यकालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यस्थल बनाउन माग गरेका छन् । आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ३४ औँ अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवसमा बोल्दै उनले सांस्कृतिक सहरलाई राज्यले सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने बताएका हुन् ।

पर्यटनबाट आउने प्रतिफल सर्वसाधारण जनतासम्म पुर्याउन भक्तपुर नगरपालिकाले यसमा संलग्न पर्यटनकर्मीलाई रोजगारीको अवसर सृजना गरिरहेको उनले बताए ।

भक्तपुरका उत्कृष्ट पथप्रदर्शकहरु माधव कपाली, राजकुमार आचार्य, विष्णुप्रसाद सुवाल र रत्नकृष्ण प्रजापतिलाई उनले सो अवसरमा पुरस्कार प्रदान गरे। कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथप्रदर्शकले पर्यटकहरुलाई सत्यतथ्य सूचना प्रवाह गरी नगरको प्रवद्र्धनमा टेवा पुर्याउन प्रेरित गर्नुपर्ने बताए ।

स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर नगरमा कार्यरत स्थानीय पथप्रदर्शकको परिपालना, शिष्टता, नियमित योगदान, पहिरन, दक्षता, लगनशीलता आदि विषयमा मूल्याङ्कन गरी उत्कृष्ट पथप्रदर्शकलाई पुरस्कृत गर्ने निर्णय गरेको बताए ।

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु