गृहपृष्ठ ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन बुटवलमा
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन बुटवलमा
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन सुरु भएको छ ।
यी दुवै कार्यक्रमको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै भारतको सिलिगुरीमा हुने भएको छ । जसअनुसार बुटवलमा फागुन १० गते, सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडाैंमा फागुन २७ र २८ गते हुनेछ । अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडाैंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन् ।
डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउनुपर्नेछ । त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चाहानेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ ।
डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ। ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधान छन् । साथै ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने जनाइएको छ ।
फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । डान्स यूनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युराेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।
प्रकाशित समय : १५:०७ बजे



















