global ime bank Long Banner Ad

गृहपृष्ठ नेकामा नयाँ कार्यसमिति, वार्षिक कार्ययोजना बनाउने अध्यक्ष प्याकुरेलकाे घाेषणा

नेकामा नयाँ कार्यसमिति, वार्षिक कार्ययोजना बनाउने अध्यक्ष प्याकुरेलकाे घाेषणा

नेकामा नयाँ कार्यसमिति, वार्षिक कार्ययोजना बनाउने अध्यक्ष प्याकुरेलकाे घाेषणा

राष्ट्रिय शैक्षिक परार्मश संघ (नेका)मा नयाँ कार्यसमिति चयन भएको छ । नेकाको चौंथो वार्षिक साधारण सभाले सन्तोष प्याकुरेलकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।

कार्यसमितिकाे उपाध्यक्षमा भुपेन्द्र सिटौला र रमण कोइराला, महासचिवमा दिपक कोइराला, सचिवमा प्रद्युम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रविन्द्र थापा र सदस्यहरूमा सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुव थापा, केशव शिंखडा र अशोक भण्डारी चयन भएका छन् ।

साधारण सभाको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्क, अथितिहरूमा नेपाल अभिभावक महांसंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, आईडीपी आईईएलटीएसका प्रतिनिधिलगायत विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधिहरू थिए ।

अध्यक्ष प्याकुरेलले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि नीति नियममा बसेर उचित परामर्श नेकाले दिने प्रतिवद्धता जनाए । उनका अनुसार वार्षिक कार्ययोजना बनाउन आगामी हप्ता नेकाकाे रणनैतिक बैठक बस्ने तय भएकाे छ ।

गत शुक्रबार सम्पन्न साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन, वार्षिक आर्थिक प्रतिवेदन र आगामी कार्य योजना बहुमतले पारित गरेकाे छ । नेका शैक्षिक परामर्श संस्थाहरूको छाता संगठन हो । नेकामा करिब १२५ शैक्षिक परामर्श व्यवसायी आवद्ध छन् ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु