गृहपृष्ठ माओवादी पदाधिकारी बैठक : राष्ट्रपतिको उम्मेदवार चयन गर्ने अधिकार प्रचण्डलाई
माओवादी पदाधिकारी बैठक : राष्ट्रपतिको उम्मेदवार चयन गर्ने अधिकार प्रचण्डलाई
नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवार चयनको अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई यस्ताे दिएको हो । बैठकमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति गर्ने पनि औपचारिक निर्णय भएको बैठकपछि पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी गराए ।
सत्ता गठबन्धनमा राष्ट्रपति नेकपा एमालेलाई दिने सहमति भएको बताइए पनि प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।
पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ । पार्टीको पदाधिकारी बैठकमा जानुअघि प्रचण्डले नेपालसँग भेटवार्तासमेत गरेका थिए ।
प्रकाशित समय : २०:०४ बजे


















