global ime bank Long Banner Ad

गृहपृष्ठ संगीत उद्यमी सुवास रेग्मी पक्राउ

संगीत उद्यमी सुवास रेग्मी पक्राउ

संगीत उद्यमी सुवास रेग्मी पक्राउ

विन्ध्यवासिनी म्यूजिक कम्पनीका सञ्चालक तथा संगीत उद्यमी सुवास रेग्मी पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीको आजै अदालतमा म्याद थप गरिइएको छ । उजुरी दिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।

रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपमा साइबर ब्युरोमा केही दिनअघि उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बुझिन आएको छ ।

 

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु