global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि विकास बैंकका सीईओ गुरुङले सम्हाले कार्यभार

कृषि विकास बैंकका सीईओ गुरुङले सम्हाले कार्यभार

कृषि विकास बैंकका सीईओ गुरुङले सम्हाले कार्यभार

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् ।

उनले सोमबार कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् । गत शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको थियो । सीईओ छनोट समितिले शनिबार  सिफारिस गरेको तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको थियो ।

सीईओ गुरुङसँग बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।

उनीसँग म्यानमारकाे बैंकमा सीईओ भएर काम गरेको अनुभव पनि छ ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु