गृहपृष्ठ थप ३ लाख ४५ हजार डोज फाइजर खोप आइपुग्यो
थप ३ लाख ४५ हजार डोज फाइजर खोप आइपुग्यो
कोभिड १९ विरुद्धको तीन लाख ४५ हजार ६०० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् उपलब्ध भएको सो खोप आज बिहान कतार एयरले नेपाल ल्याएकाे हाे ।
यसअघि फागुन १ र ४ गते गरी सात लाख डोज फाइजर खोप नेपाल ल्याइएको थियो । कोभ्याक्सले दिने १५ लाख डोजमध्ये बाँकी ११ र १५ गते आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएकाे छ । विभागका अनुसार थप १५ लाख डोज भने मार्चमा पठाउने कोभ्याक्सले जानकारी दिएको छ ।
यसअघि ल्याइएको खोपमध्ये एक लाख डोज गण्डकी प्रदेशमा पठाइसकिएको छ भने अब लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा केही दिनभित्रै पठाउने विभागकाे तयारी छ ।
१२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई बुस्टरका रुपमा दिन लागिएको सो खोप ‘वाइभ्यालेन्ट’ ले ओमिक्रोन र यसका सब भेरियन्टहरुविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकाशित समय : ११:४५ बजे



















