गृहपृष्ठ सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुनकाे मूल्य आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको थियाे ।
आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित समय : ११:३२ बजे


















