global ime bank Long Banner Ad

गृहपृष्ठ एयरबसकाे नाफा ४ अर्ब २० करोड युरो

एयरबसकाे नाफा ४ अर्ब २० करोड युरो

एयरबसकाे नाफा ४ अर्ब २० करोड युरो

युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति श्रृंखलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ ।

एयरबसले गत वर्ष ६६१ वटा विमान ग्राहकलाई हस्तान्तरण गर्ने योजना बनाए पनि खुद नाफा एक प्रतिशतले बढेर चार अर्ब २० करोड युरो (चार अर्ब ५० करोड अमेरिकी डलर) पुगेको छ । महामारीको समयमा एयरलाइन्सहरू यात्रा प्रतिबन्धका कारण अधिकांश उडानहरू रोक्न बाध्य भएका समय एयरबसले उत्पादन कटौती गरेको थियो ।

कम्पनीले चाँडै महामारीका समय परेको आर्थिक बोझलाई सन्तुलित गर्ने विश्वास गरेको छ । विश्वभर यातायात सेवामा सुधार भइरहेको र एयरलाइन्सले उच्च इन्धनको मूल्यलाई ध्यानमा राख्दै इन्धन-कुशल विमानको खरीद बढाउन खोजिरहेको छ । एयरबसका प्रमुख कार्यकारी गुइलाउम फाउरीले भने, ‘प्रतिकूल सञ्चालन वातावरणका बावजुद हामीले हाम्रो आपूर्ति श्रृंखलालाई हामीले अपेक्षा गरेको गतिमा सुधार गर्नबाट रोकेको र ठोस वित्तीय विश्वास प्रदान गरेका छौं ।’

एयरबससँग १० हजारभन्दा बढी आपूर्तिकर्ताहरू छन् । जसमध्ये केहीलाई महामारीको समयमा कर्मचारीहरू छोडेपछि उत्पादन बढाउन समस्या भएको थियो । कच्चा माल प्राप्त गर्न बाधा भएको र युक्रेनको रूसी आक्रमण पनि आर्थिक जटिलताको कारक बनेकको कम्पनीले जनाएको छ । ‘सुरुमा योजना गरिएको भन्दा कम व्यावसायिक विमान डेलिभरी भएपछि कम्पनीले आफ्नो सञ्चालनलाई सोही अनुसार समायोजन गर्नुपरेको छ,’ उनले भने ।

एयरबसले सन् २०२३ मा ७२० वटा विमानलाई बजारमा ल्याउने लक्ष्य राखेको छ । विमान कम्पनीको बिक्री १३ प्रतिशत बढेर ५८.९ बिलियन यूरो पुगेको छ ।

प्रकाशित समय : १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु