global ime bank Long Banner Ad

गृहपृष्ठ अनिश्चियमा फस्दै उच्चस्तरिय राजनीतिक संयन्त्र

अनिश्चियमा फस्दै उच्चस्तरिय राजनीतिक संयन्त्र

अनिश्चियमा फस्दै उच्चस्तरिय राजनीतिक संयन्त्र

आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्षसमेत रहेका उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो ।

तर, बिहीबार १० बजेसम्म पनि संयन्त्रको बैठक बस्ने नबस्ने कुनै ठेगान नभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । ‘आज बिहीबार संयन्त्रको बैठक बस्ने भनिएको हो । तर अहिलेसम्म कुनै निश्चित भैसकेको छैन । बस्न पनि सक्छ नबस्न पनि सक्छ, त्यसैले अहिलेसम्म समय पनि तोकिएको छैन’, प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेसँगै लामिछानेको पार्टी सरकारबाट बाहिरिएको छ । रास्वपाले पाएका मन्त्रालयको जिम्मा अन्य पार्टीका नेताहरूलाई दिने या नदिने भन्ने पनि संयन्त्रमा छलफल गर्न बाँकी छ । प्रधानमन्त्रीले जसपाका भागमा परेकासहित ५ वटा मन्त्रालय आफै मातहत राखेका छन् ।

अर्कोतिर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सत्ता साझेदार दलहरुबीच एकरूपता छैन । राष्ट्रपतिका सन्दर्भमा एमाले र माओवादीका फरक फरक विचारले गठबन्धनकै भविष्यमाथि प्रश्न उठ्न थालिसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने पक्षमा छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवारबाहेक अन्यको हकमा राष्ट्रिय सहमति सम्भव नहुने बताउँदै आएका छन् । यही विवाद बढ्दै गएपछि ओली प्रचण्ड ‘वान टु वान’ पटक पटक बालकोट र बालुवाटारमा भेटवार्ता भए पनि त्यसबारे ठोस निष्कर्ष आउन सकेको छैन ।

पुस १० गते शीर्ष नेताबीचको कुराकानीमा प्रधानमन्त्री माओवादी र राष्ट्रपति एमालेले लिने सहमति भएको एमाले नेताहरूको दाबी रहँदै आएको छ । त्यस्तै सभामुख र प्रधानमन्त्रीमा एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको नेताहरूले बताए पनि माओवादी शक्ति सन्तुलनका हिसाबले पनि राष्ट्रपतिमा एमाले बाहेकको उम्मेदवारको पक्षमा छ ।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु