global ime bank Long Banner Ad

गृहपृष्ठ स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा सैंजू निर्वाचित

स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा सैंजू निर्वाचित

स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा सैंजू निर्वाचित

स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा सुरेशप्रसाद सैंजू निर्वाचित भएका छन् । संघको बुधबार भएको तेश्रो अधिवेशनले सैजूको अध्यक्षतामा ९ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा रेणु त्वानाबासु, सचिवमा प्रेम प्रजापति, सहसचिवमा राजन कुसी, कोषाध्यक्षमा अनिल फोंजू निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा सूर्यमान श्रेष्ठ, राजाराम नापित, सुनिल दुवाल र रामकृष्ण प्रजापति निर्वाचित भएका हुन् ।

अधिवेशनको उदघाटन केद्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्रातले गरेका थिए । उदघाटन कार्यक्रममा संघका केन्द्रिय सल्लाहकार डा इन्दुल केसी, केन्द्रिय उपमहासचिव रत्न प्रजापति, काठमाडौंका अध्यक्ष पुष्कराज पाण्डे, ललितपुरका अध्यक्ष उपेश नौवाग, केद्रिय पार्षद् कृष्ण किसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु