global ime bank Long Banner Ad

गृहपृष्ठ ७६.६४ अंकले बढ्यो नेप्से

७६.६४ अंकले बढ्यो नेप्से

७६.६४ अंकले बढ्यो नेप्से

साताको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से उच्च अंकले बढेकाे छ । केही दिनयता घटबढको उतारचढाव देखिएको नेप्से आज ७६.६४ अंकले बढेकाे हाे ।

सेयरबजारमा उछाल आएसँगै आज ३ अर्ब ३६ करोड २२ लाख रूपैयाँ माथिको कारोबार भएको छ । सोमबार सेयर बजारमा ४ दशमलव ५७ अंकको वृद्धि भएको थियाे । त्यस दिन ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेकाे छ । यस दिन लगानी समूहको परिसूचक सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त समूहको परिसूचक ५.९४ प्रतिशत, जलविद्युत समूहको परिसूचक ५.३३ प्रतिशत र विकास बैंक समूहको परिसूचक ५.९६ प्रतिशतले बढेको हो ।

आज सर्वाधिक एनआइसी एशिया बैंकको १२ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।त्यस्तै, ङादी ग्रुप पावरको ११ करोड ३ लाख, अपि पावरको ९ करोड ३९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । वरुण हाइड्रोपावर, खानी खोला, राद्यी जलविधुत्, आदर्श लघुवित्त र रिदी पावरको सेयरमा सकारात्मक सर्किट लागेको हाे ।

आज आइसीएफसी फाइनान्सको सेयर मूल्य ५.९० प्रतिशतले घटेको छ । त्यस्तै, एभरेष्ट बैंकको १.९५, एनआइबीएल फण्डको १.६९, नेपाल एसबीआई बैंक डिभेन्चरको १.५८ प्रतिशतले घटेको छ ।

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु