काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

७६.६४ अंकले बढ्यो नेप्से

7.31K
shares

साताको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से उच्च अंकले बढेकाे छ । केही दिनयता घटबढको उतारचढाव देखिएको नेप्से आज ७६.६४ अंकले बढेकाे हाे ।

सेयरबजारमा उछाल आएसँगै आज ३ अर्ब ३६ करोड २२ लाख रूपैयाँ माथिको कारोबार भएको छ । सोमबार सेयर बजारमा ४ दशमलव ५७ अंकको वृद्धि भएको थियाे । त्यस दिन ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेकाे छ । यस दिन लगानी समूहको परिसूचक सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त समूहको परिसूचक ५.९४ प्रतिशत, जलविद्युत समूहको परिसूचक ५.३३ प्रतिशत र विकास बैंक समूहको परिसूचक ५.९६ प्रतिशतले बढेको हो ।

आज सर्वाधिक एनआइसी एशिया बैंकको १२ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।त्यस्तै, ङादी ग्रुप पावरको ११ करोड ३ लाख, अपि पावरको ९ करोड ३९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । वरुण हाइड्रोपावर, खानी खोला, राद्यी जलविधुत्, आदर्श लघुवित्त र रिदी पावरको सेयरमा सकारात्मक सर्किट लागेको हाे ।

आज आइसीएफसी फाइनान्सको सेयर मूल्य ५.९० प्रतिशतले घटेको छ । त्यस्तै, एभरेष्ट बैंकको १.९५, एनआइबीएल फण्डको १.६९, नेपाल एसबीआई बैंक डिभेन्चरको १.५८ प्रतिशतले घटेको छ ।