गृहपृष्ठ मैतीदेवी प्रहरी बिटमा महानगरले चलायाे डोजर
मैतीदेवी प्रहरी बिटमा महानगरले चलायाे डोजर
मैतीदेवीस्थित नेपाल प्रहरीको अस्थायी बिटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । मैतीदेवीचोकमा सडक र फुटपाथ मिचेर बिट निर्माण भएको थियो ।
मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी बिटमा डोजर चलाएको हो । नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको महानगरपालिकाले जनाएको छ । भवन भत्काउनुअघि त्यहाँ रहेका सामान बाहिर निकाल्न लगाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
पछिल्लो समय महानगरले फुटपाथ मिचेर बनाइएका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।
प्रकाशित समय : १४:३१ बजे



















