गृहपृष्ठ एशियन पेन्ट्सको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा
एशियन पेन्ट्सको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा
एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा आएको छ ।
नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया)को समाधानको आवश्यकता बुझ्दै कम्पनीले ग्राहकहरूको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको बताएको छ । यो एक पेनिट्रेटिभ वाटरप्रुफिङ समाधान भएको र यसले वाटरप्रुफिङ तथा नुनियाविरुद्ध तीन वर्षसम्मको आकर्षक वारेन्टी दिने कम्पनीले जनाएकाे छ ।
यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँछ, जसले गर्दा यसलाई ‘वाटरप्रुफिङको च्याम्पियन’ को रूपमा स्थापित गरेको छ ।
प्रकाशित समय : १३:४३ बजे



















