गृहपृष्ठ सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर
मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित समय : ११:२९ बजे


















