global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ विश्व बैंकद्वारा नेपाललाई कोभिड-१९ सँग जुझ्न थप रु १२ अर्ब ऋण

विश्व बैंकद्वारा नेपाललाई कोभिड-१९ सँग जुझ्न थप रु १२ अर्ब ऋण

विश्व बैंकद्वारा नेपाललाई कोभिड-१९ सँग जुझ्न थप रु १२ अर्ब ऋण

विश्व बैंकले नेपाललाई कोरोना भाइरस महामारी (कोभिड-१९)का संकटबाट बाहिरिन वित्तीय सक्षमता बढाउन तथा सुशासन सुधारका लागि करिब १२ अर्ब रूपैयाँ (१० करोड अमेरिकी डलर)को विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको छ ।

यो डीपीसी सिरिजको छैठाैं ऋण हो भने विद्युत क्षेत्रमा प्रदान गरिएको यो दोस्रो डीपीसी ऋण हो । नेपाल सरकारको विद्युत् क्षेत्रको आर्थिक सम्भाव्यताबाट लाभ उठाउनका लागि नीति, नियामक र संस्थागत सुधारका लागि तीन सिरिजमा सहयोग प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले विगत केही वर्षयता नेपाललाई डीपीसी सिरिजमा प्रत्येक पटक १० करोड अमेरिकी डलरबराबरको ऋण स्वीकृत गर्दै आएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले यो नयाँ ऋण सहयोग स्वीकृत गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणको आर्थिक सम्भाव्यतामा सुधार गर्ने, स्वायत्त, पारदर्शी, र जवाफदेही नियामक संचरना स्थापना गर्ने, नेपालको जलविद्युत स्रोत अधिकतम उपयोग सुनिश्चित गर्न क्षेत्रीय बिजुली बजारमा बढी सामेल हुने र संघीय संरचनाअन्तर्गत प्राधिकरणको पुनर्संरचना गरी प्रान्तीय र स्थानीय सरकारहरूलाई सशक्तिकरण गरिने बै‌कले जनाएको छ ।

“स‌ंकटकालीन समयमा र संकटपछि पुनर्बहालीका लागि नेपालमा विद्युत् क्षेत्रलाई सबल पार्नका लागि निरन्तर सुधार गरिनु महत्त्वपूर्ण छ,” नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसले भने, “यसले लगानी प्राथमिकताहरूलाई पुन: प्राथमिकीकरण गर्न मद्दत पुर्‍याउँछ र  देशभित्र गरिबी न्यूनीकरण र साझा समृद्धिलाई सहयोग पुर्‍याउने गरी भरपर्दो, किफायती र दिगो विद्युत् क्षेत्रको विकास गर्ने सरकारको प्रतिबद्धतालाई समर्थन गर्दछ जसले मुलुकमा गरीबी न्यूनीकरण र साझा समृद्धिलाई सहयोग गर्दछ।”

 

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु