global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू

काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू

काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू

काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर–७, संगालछापमा बर्डफ्लू देखिएको हो । पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले बर्डफ्लू देखिएको पुष्टि गरे ।

गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सूचना अधिकारी ढकालका अनुसार त्यहाँ अनुसन्धान प्रायोजनका लागि पालिएका टर्की र अरु चराहरु मर्न थालेपछि त्यसको नमूना परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भयो ।

बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको छ । रामकोटमा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ । त्यसैगरी, तार्केश्वरमा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ । साथै ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ ।

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु