गृहपृष्ठ टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजारभन्दा धेरै पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै हजारौंको संख्यामा घाइते भएका छन् ।
सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टामै दिउँसो अर्को शक्तिशाली भूकम्प गएको थियो ।
तर त्यसबीचमा सयौं परकम्प गएका थिए । सोमबार बिहानको भूकम्प १७।९ किमीको गहिराइसम्म पुगेको थियो । उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।
अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् ।
यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । सीएनएनका अनुसार सिरिया र टर्कीमा मृत्यु हुनेको संख्या २३ नाघिसकेको छ । टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १५ सयभन्दा धेरै पुगेको छ ।
टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।
प्रकाशित समय : ०६:४५ बजे


















