global ime bank Long Banner Ad

गृहपृष्ठ नर्सहरूकाे श्रम शाेषण गर्ने संस्था खारेज गरिदिने चेतावनी

नर्सहरूकाे श्रम शाेषण गर्ने संस्था खारेज गरिदिने चेतावनी

नर्सहरूकाे श्रम शाेषण गर्ने संस्था खारेज गरिदिने चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई काममा लगाएर श्रम शोषण गर्ने स्वास्थ्य संस्थाहरूलाई कारबाही गर्ने बताएका छन् ।

नेपाल नर्सिङ संघको ६१औं वार्षिकाेत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री गिरीले विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गर्ने र प्रमाणका आधारमा श्रम शोषण गरेको पाइए संस्था नै खारेज गर्ने चेतावनी दिए । उनले भने, ‘प्रमाणका आधारमा संस्था खारेज हुनेछन् । नर्सको तलब पेन्सिलले लेख्ने र पछि मेट्ने गरेको सुनेको छु । अब नर्सको पेमेन्ट डिजिटल हुन जरुरी छ ।’

उनले बिरामीकाे हालत र भोको पेटका कारण नर्सहरू हाँस्नै बिर्सेको समेत उनले बताए । उनले नर्सहरूलाई ‘अनलाइन पेमेन्ट’को व्यवस्था गर्न निजी क्षेत्रका अस्पतालसहित स्वास्थ्य संस्थालाई आग्रह गरे । ‘नर्सहरूले आठ हजार, १० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ भन्ने कुरा सुनिरहँदाखेरि योभन्दा भयावह र कहालीलाग्दो अवस्था केही पनि हुन सक्दैन । यो अत्यन्तै चिन्ताको विषय हो । म यहीँबाट भन्न चाहन्छु– यसरी न्यूनतम पारिश्रमिक पनि नदिईकन, तलब, भत्ता पनि नदिईकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन ।’

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु