गृहपृष्ठ मन्त्री किरातीको घोषणा- दान पेटिकाको रकममा आफ्नो तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग
मन्त्री किरातीको घोषणा- दान पेटिकाको रकममा आफ्नो तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग

पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई बधाई दिन आउनेले ल्याउने खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम शैक्षिक विकासमा लगानी गर्ने घाेषणा गरेका छन् ।
माघ १३ गते देखि दान पेटिका बन्द गरिएको जानकारी दिँदै मन्त्री किरातीले जम्मा भएको रकममा आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधान समेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् । मन्त्री किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम संकलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए ।
बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले जानकारी दिएका छन् ।
संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए। विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।
प्रकाशित समय : ११:३४ बजे