गृहपृष्ठ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।
नेताद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।
प्रचण्ड प्रधानमन्त्री भएपश्चात् उत्पन्न विभिन्न आशंका मेटाउनका लागि भेटवार्ताले तीव्रता पाएको नेताहरू बताउँछन् ।
प्रकाशित समय : १३:०८ बजे

















