गृहपृष्ठ विश्वभर ३१ लाख ६४ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’
विश्वभर ३१ लाख ६४ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’
विश्वभर ३१ लाख ६४ हजार कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार एकै दिनमा करिब ५ हजार जना नयाँ संक्रमित डिस्चार्ज भएपछि सफल उपचार (डिस्चार्ज) हुनेको संख्या ३१ लाख ६४ लाख ३४६ पुगेको हो ।
अहिलेसम्म विश्वभर ६५ लाख ६७ हजार २६० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै एक लाख २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ६५ लाख ६७ हजार नाघेको हो । त्यस्तै तीन लाख ८७ हजार ९११ जनाले अहिलेसम्म ज्यान गुमाइसकेका छन् । गएको २४ घण्टामा मात्रै करिब साढे पाँच हजार व्यक्तिले ज्यान गुमाएका थिए ।
विश्वभरका कुल संक्रमितमध्ये ३० लाख १५ हजार व्यक्तिको उपचार भइरहेको छ । त्योमध्ये पनि ५४ हजारभन्दा बढीको अवस्था चिन्ताजनक रहेको छ । सबैभन्दा बढी फैलिएको अमेरिकामा १९ लाखभन्दा बढी व्यक्तिमा भाइरस संक्रमण भएको छ भने एक लाख ९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
अमेरिकामा कुल संक्रमितमध्ये छ लाख ८८ हजार ६७० जनाको सफल उपचार भएको छ । त्यस्तै ११ लाखभन्दा बढी व्यक्तिको उपचार भइरहेको छ भने १७ हजारको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार ब्राजिलमा एकै दिनमा २८ हजार जनामा भाइरस संक्रमण भएको छ । अहिले ब्राजिलमा पाँच लाख साढे ८४ हजार व्यक्तिमा कोरोना संक्रमण भएको छ भने साढे ३२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै दुई लाख ६६ हजारभन्दा बढीको सफल उपचार भएको छ ।
प्रकाशित समय : १४:३७ बजे



















