global ime bank Long Banner Ad

गृहपृष्ठ नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी आफ्नो दल भएको बताए । उनले अघि भने, ‘कानुनी व्यवस्थाअनुसार प्रमुख प्रतिपक्षी पार्टी नेमकिपा हो ।’ संघीय कानुनबमोजिम विपक्षी दल तोकेर मात्र संसद चलाउनुपर्ने उनको माग छ ।

चीनमा चिनियाँ कम्युनिस्ट पार्टी बाहेक ८ वटा दल रहेको र उनीहरुलाई सरकारका सहयोगी दल भन्ने गरिएको भन्दै उनले नेपालमा पनि यस्तै राजनीतिक प्रणाली ल्याउन खोजिएको हो भनेर प्रश्न गरेका छन् ।

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु