global ime bank Long Banner Ad

गृहपृष्ठ विपक्षी गठबन्धन बनाउँदै कांग्रेस

विपक्षी गठबन्धन बनाउँदै कांग्रेस

विपक्षी गठबन्धन बनाउँदै कांग्रेस

नेपाली कांग्रेसले सभामुखको निर्वाचनमा सत्तारुढ दलको साथ नपाउने भएपछि विपक्षमा रहेका दलहरूसँग गठबन्धनको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले यसअघि संसद्‍मा रहेका सबै दलसँग छलफल गर्ने र निर्णयमा पुग्ने रणनीति लिएकोमा सभामुखमा सत्तारुढ दलहरूबाट सहयोग हुने सम्भावना कमजोर बनेपछि विपक्षमा रहेका दलहरुसँग छलफल गरेर उम्मेदवारी दिन छलफल थालेका हुन् ।

सभामुखको निर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । देउवाले त्यसबारे मंगलबार बिहान आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गरेका थिए ।

छलफलपछि प्रवक्ता प्रकाशशरण महतले सभामुखको निर्वाचनमा आफैं उम्मेदवारी दिने वा कसैलार्ई समर्थन गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।

बैठकमा विपक्षमा रहेका दलहरू नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहित दलहरुसँग छलफल गरेर सभामुख र उपसभामुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेबारे छलफल भएको थियो ।

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु