global ime bank Long Banner Ad

गृहपृष्ठ सत्ता साझेदार दलले टुंग्याए भागबण्डा, लिङ्देन उपप्रधानसहित उर्जा, एमालेका उप्रेतीलाई रक्षा

सत्ता साझेदार दलले टुंग्याए भागबण्डा, लिङ्देन उपप्रधानसहित उर्जा, एमालेका उप्रेतीलाई रक्षा

सत्ता साझेदार दलले टुंग्याए भागबण्डा, लिङ्देन उपप्रधानसहित उर्जा, एमालेका उप्रेतीलाई रक्षा

सत्ता साझेदार दलहरुले भागबण्डा टुंग्याएका छन् । जसअनुसार एमालेले आफ्नो भागमा परेका मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सत्तागठबन्धनमा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाएको छ । यसअघि नै एमालेबाट चारजना मन्त्री नियुक्त भइसकेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले विमला राई पौडेललाई परराष्ट्रमन्त्री, पदम गिरीलाई स्वास्थ्यमन्त्री र भगवती चौधरीलाई महिला, बालबालिकामन्त्री तथा सर्लाहीका हरिप्रसाद उप्रेतीलाई रक्षामन्त्री बनाउने भएका छन् ।

उप्रेती संविधानसभा सदस्यसमेत भइसकेका छन् । उनी एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन् । रक्षा मन्त्रालय निकै संवेदनशील भएकाले ओलीले उप्रेतीलाई सो मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । यसअघि एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री नियुक्त भइसकेका छन् ।

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री, सहरी विकासमा विक्रम पाण्डे र कानुनमन्त्री ध्रुवबहादुर प्रधान बन्ने भएका छन् । राप्रपाले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएका छन् ।

माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै जिम्मेवारी लिइसकेका छन् ।

माओवादीबाट मंगलबार थप तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ तथा पदभार ग्रहण गर्दैछन् । त्यसमा रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार मंगलबार बिहान बसेको पदाधिकारीको बैठकले सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रले राज्यमन्त्रीमा सुशीला श्रीपालीलाई पठाउने निर्णय गरेको छ । श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रकाशित समय : १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु