गृहपृष्ठ भारतबाट आयो पेट्रोलियम पदार्थकाे नयाँ मूल्यसूची
भारतबाट आयो पेट्रोलियम पदार्थकाे नयाँ मूल्यसूची
भारतबाट पेट्रोलियम पदार्थकाे नयाँ मूल्यसूची आएकाे छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढेको छ ।
निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ ५१ पैसा बढेर आएको हाे । तर डिजेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । भारतले हरेक १५ दिनको अन्तरमा नयाँ मूल्य पठाउने गरेको छ ।
भारतमा दैनिक मूल्य परिवर्तन हुने गरेको भनिए पनि नेपालसँगको कारोबारमा १५ दिनमा मात्रै नयाँ मूल्य कायम हुनेछ । नयाँ मूल्यअनुसार निगमले (आइओसीलाई भुक्तानी दिनुपर्नेछ । उपभोक्ता मूल्यमा भने परिवर्तन गर्ने वा नगर्ने निर्णय निगमले गरेको छैन ।
दुई हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान ३ रुपैयाँ तथा हवाइ इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।
प्रकाशित समय : १६:१४ बजे



















