nmb bank

गृहपृष्ठ सुपर मादी हाइड्रोपावरले आइपीओ खुलाउँदै

सुपर मादी हाइड्रोपावरले आइपीओ खुलाउँदै

सुपर मादी हाइड्रोपावरले आइपीओ खुलाउँदै

सुपर मादी हाइड्रोपावरले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये १०% अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यस्तै, ५% अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु