काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

२० अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

7.33K
shares

आइतबारको सेयर बजार २०.६८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार बढेर २१६४.६१ अंकमा पुगेको छ ।

आज नेप्सेमो १ करोड ४१ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । गत बिहीबार ५ अर्ब ४ करोड ७ लाख रूपैयाँ माथिको कारोबार भएको थियाे ।

आज सबैभन्दा बढी कारोबार हुने कम्पनी हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको १९ करोड ६८ लाख रुपैयाँको र रिडी पावरको १५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज खप्तड लघुवित्त र बराही हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.८८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.०७ प्रतिशत र लघुवित्त समूहको परिसूचक ०.२२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । यस दिन जीवन बिमा समूहको परिसूचक सर्वाधिक ४.४३ प्रतिशतले बढेको छ ।