काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल लाइफले दियो ८ सय अभिकर्तालाई प्रशिक्षण

8.93K
shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई प्रशिक्षण गरेको छ । कम्पनीले देशभरिका ८ सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई अन्तराष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण गराएको हो ।

कम्पनीले पुस २३ गते एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम प्रदान गरेको हो । नायब महाप्रबन्धक उमापति पोख्रेलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए । सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बिमाका अन्तराष्ट्रिय प्रशिक्षक तथा सफल जीवन बिमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुको सिकाईमा थप टेवा पुग्ने बताए । व्यक्तित्व विकासमा सहयोग पुर्‍याउनुका साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने उनको भनाइ छ ।

असोज मसान्त सम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बिमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको सेयरधनी कोष ११ अर्ब ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले १ सय ९७ कार्यालय सञ्जालमार्फत् सेवा प्रदान गरिरहेको छ । कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बिमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बिमालेख जारी गरिएको छ ।