global ime bank Long Banner Ad

गृहपृष्ठ स्वार्थ बाझिने सांसदलाई संसदीय समितिमा रोक्ने तयारी

स्वार्थ बाझिने सांसदलाई संसदीय समितिमा रोक्ने तयारी

स्वार्थ बाझिने सांसदलाई संसदीय समितिमा रोक्ने तयारी

प्रतिनिधिसभाको संसदीय समितिमा स्वार्थ बाझिने सांसदहरुलाई रोक्ने तयारी भएको छ । राजनीतिक दलहरुको परामर्शका आधारमा यो व्यवस्थालाई बाध्यकारी बनाउने तयारी भएको हो ।

२२ पुसमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । उक्त बैठकमा प्रतिनिधिसभा नियमावलीका विषयमा समेत छलफल हुनेछ । विगतमा स्वार्थ बाझिने सांसदहरु नै समितिको सदस्यका रुपमा सहभागी हुन्थे । यो विषयमा धेरै पटक प्रश्न उठेकाले स्वार्थ बाझिने गरी सांसदहरुलाई संसदीय समितिमा नराख्ने नीतिगत व्यवस्था गर्न लागिएको हो ।

विगतमा निजी विद्यालयमा लगानी गरेका सासद शिक्षा समितिमा, बैंक सञ्चालक सांसदहरु अर्थ समितिको सदस्य बनेका थिए । जसले गर्दा नीति निर्माणमै उनीहरुले आफ्नो स्वार्थ पूरा हुने गरी हस्तक्षेप गरिरहेको भन्दै प्रश्न उठेको थियो ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १९१ मा सांसदले छलफल र निर्णयमा भाग लिन नहुने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘कुनै समितिको विचाराधीन विषयसँग कुनै सदस्यको व्यक्तिगत स्वार्थ गाँसिएको भए सो विषयको छलफल र निर्णयमा भाग लिन हुँदैन ।’

प्रकाशित समय : ०६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु